सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन्।  

वरिष्ठ अधिवक्ता शाक्यले बृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए।

उनले २९५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत मात्रै प्राप्त गरेका छन्।

यस्तै वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेर चुनावी मैदानमा थिए।

नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन्।

महिला सदस्यमा अमिता गौतम पौडले, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका हुन्।

प्रकाशित मिति: : 2020-12-20 07:52:00

प्रतिकृया दिनुहोस्