फेरिए काठमाडौंका गणेश र भैरव

सेतोपाटी

काठमाडाैं

हामीले जीवित देवी कुमारीबारे त सुनेका/देखेका छौं। येँया अर्थात इन्द्रजात्रामा कुमारीसँगै जीवित देव गणेश र भैरवको रथ यात्रा पनि हुन्छ। इन्दजात्राका क्रममा पहिलो र दोस्रो रथमा हुनेहरू गणेश र भैरव हुन्।

उनीहरूको भने कुमारीजस्तो खासै चर्चा हुँदैन। जात्रामा एकैपटकमा देख्नेहरू त को कुमारी, को गणेश र भैरव भनेर अलमल पनि पर्छन्। उनीहरूको श्रृंगार उस्तै जो हुन्छ। 

रथ यात्रामा सामेल हुने तिनै गणेश शुक्रबार परिवर्तन भए। शनिबार श्री भैरव परिवर्तन हुँदैछन्। 

नरदेवीका साढे ४ वर्षीय रोदिन शाक्य गणेशका रूपमा छानिएका छन्। उनी छाउनीस्थित मैत्री स्कुलमा युकेजीमा अध्ययनरत छन्। जैसिदेवलका साढे तीन वर्षका कर्शनब शाक्यको भने शनिबार पूजाविधि साथ प्रतिस्थापन हुँदैछ।

अब अवकाश नपाएसम्म उनीहरू पनि कुमारी झैं जात्रापर्वमा देवता भेषमा बस्नुपर्छ। नियम र पूजाविधिहरू मान्नुपर्छ। फरक यत्ति हो, कुमारी स्थायी रूपमा कुमारी घरमा बस्छिन्, खास समयमा मात्र बाहिर निस्किन्छिन्। तर गणेश र भैरवको भने स्थायी वासस्थान नभएकाले घरै बस्छन्। उनीहरूलाई सार्वजनिक रूपमा हिँड्न पनि छुट छ।  

प्रकाशित मिति: : 2020-12-18 17:58:00

प्रतिकृया दिनुहोस्