नयाँ चुनौतीको पर्खाइमा छु: नवनियुक्त प्रशिक्षक वाटमोर

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका डेभ वाटमोरले आफू नयाँ चुनौतीको पर्खाइमा रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार आगामी जनवरी १ तारिखदेखि लागू हुने गरी वाटमोरलाई प्रशिक्षक नियुक्त गरेको थियो। 

वाटमोरले आगामी जनावरी १ देखि नेपाली टिम सम्हाल्नेछन्।

नेपाली टिमको प्रशिक्षक बनेका ६६ वर्षीय वाटमोरलाई अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकका लागि व्यवस्थापन हेर्दै आएको कम्पनी फर्स्ट स्पोर्ट्स इभेन्ट्ले ट्विटरमा बधाइ दिएको छ। 

फर्स्ट स्पोर्ट्सले दिएको बधाइको प्रतिक्रिया दिँदै वाटमोरले धन्यवाद दिँदै अगाडि ठूलो काम भएको र आफू चुनौतीको पर्खाइमा रहेको लेखेका छन्। 

वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। 

सन् १९९६ मा श्रीलंकाले एकदिवशीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोरका टोलीका मुख्य प्रशिक्षक थिए।

प्रकाशित मिति: : 2020-12-18 13:35:00

प्रतिकृया दिनुहोस्