कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ। 

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मंगलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक–एक कोरोना संक्रमितको मृत्यु भएको हो।

सुन्दरहरैँचा नगरपालिका ३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। 

उनको मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो।

पथरीशनिश्चरे नगरपालिका(१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ। 

अस्पतालका प्रमुख फिजिसिन डा। दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो।

मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-16 11:53:00

प्रतिकृया दिनुहोस्