प्रमुख प्रतिपक्षी दल कांग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो।
उपसभापति विमलेन्द्र निधिका अनुसार बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको छ।