शेयरबजारमा सामान्य करेक्सन, खरिदबिक्री उत्साहप्रद

बिएल संवाददाता

काठमाडाै‌ं

दुई दिन लगातार बढेको शेयरबजार मंगलबार 'करेक्सन' भएको छ ।

नेप्से सूचक ५.७५ अंकले घटेर २०६१.४१ विन्दुमा अडिएको छ ।

नाफा बुक गर्नेहरु सक्रिय हुँदा मंगलवार बजार प्रभावित भएको हो । शेयर परिसुचक २१ सय अंक पुगेपछि फर्किएको हो ।

पछिल्ला दिनहरुमा नेप्सेले क्रमशः नयाँ उचाईहरु बनाउँदै गएको छ । ३ दिन राम्रोसँग विस्तार भएको बजारमा थोरै करेक्सन आउनुलाई सामान्यरुपमा लिइएको छ ।

पछिल्ला दिनहरुमा बजारको औसत प्रवृत्ति वृद्धितर्फ देखिएको छ ।

माइक्रोफाइनान्स र जीवन बीमा र बैंकिङबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् ।

मंगलबार २०५ कम्पनीको करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ ।

९७ लाख ५५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आधा दर्जन कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ ।

खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ ।

यसको ५२ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल बैंक परेका छन् ।

प्रकाशित मिति: : 2020-12-15 15:48:00

प्रतिकृया दिनुहोस्