सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
वीरेन्द्रनगर ९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट काठमाडौंमा मृत्यु भएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार यही मंसिर २७ गते राति ११ बजे मृत्यु भएको थियो। उनको २८ गते बाँकेको नेपालगञ्जमा शव व्यवस्थापन समेत भैसकेको छ।
मंसिर ८ गते कोरोना पुष्टि भएका ती पुरूष होम आइसोलेशनमा बस्दै आएका थिए। उनलाई दुईदिन पछि बाँकेको नेपालगञ्जमा रिफर गरिएको थियो।
उनको श्वासप्रश्वासमा समस्या भएपछि मंसिर १४ गते एयर लिफ्टिङ मार्फत काठमाडौं पुर्याइएको थियो।