ब्रेक्सिटसम्बन्धी सम्झौताबारे वार्ता जारी राख्न बेलायत र ईयू सहमत

Photo: PA MEDIA
Photo: PA MEDIA

बेलायत र युरोपियन युनियन (ईयू)बीच ब्रेक्सिटसम्बन्धी सम्झौताबारे वार्ता जारी राख्न सहमति भएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन र ईयूका प्रमुख उर्सुला भोन डर लियेनबीच भएको छलफल पश्चात वार्ता जारि राख्ने सहमति भएको हो।

बेलायती सञ्चारमाध्यमका अनुसार केही महत्वपूर्ण तथा समाधान नगरिएका विषयमा पनि छलफल भएको थियाे।

यद्यपी जोनसन वार्ता अगाडि बढाउन राजी भएको बताइन्छ।

यस हप्ताको सुरूमा लियेनले प्रधानमन्त्री जोनसनलाई यसबारे वार्ता जारी राख्ने कि नराख्ने भन्ने निर्णय गर्न आइतबारसम्मको समय सिमा दिएका थिए।

यद्यपी बेलायतका विदेश मन्त्री डोमिनिक रब्बले आइतबारपछि वार्तालाई निरन्तरता दिने सम्भावना रहेको बताए।

प्रधानमन्त्री जोनसनले अब मन्त्रीपरिषद्मा यस निर्णयको बारेमा छलफल गर्ने छन।

मार्चपछि बेलायत र ईयूबीच वार्ता भइरहेको छ र १ डिसेम्बरमा समाप्त हुनु अघि यो प्रक्रिया पूरा गर्ने प्रयास भइरहेको छ।

बेलायत १ डिसेम्बरपछि ईयूबाट बाहिरिने छ।

यसपछि, दुबै पक्षले फेरि विश्व व्यापार संगठनको नियम अन्तर्गत व्यापार सम्झौता भने गर्न सक्नेछन्।
 

प्रकाशित मिति: : 2020-12-13 23:03:00

प्रतिकृया दिनुहोस्