राजनीति छाडी साहित्यमा जमेका रोशन जनकपुरी : गिरिजाले सरकारी जागिर खोसे, नेतादेखि हकरसम्म बने !

लोकान्तर

जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का ६२ वर्षीय अरबिन्दकुमार लालले जब साहित्यतर्फ रचनाहरू लेख्न थाले, उनले आफ्नो परिचय फेरे । 

शुरूमा अरबिन्दकुमार ‘रोशन’ नामले साहित्यिक रचनाहरू लेख्ने गरेका उनले पछि आफ्नो नाम पूर्ण रूपमा फेरेर रोशन जनकपुरी राखे । खास गरेर उर्दू मिश्रित हिन्दी भाषाका गजल लेख्दा साहित्यिक नाम फेर्नु पर्छ भन्ने ठानेर आफ्नो नाम परिवर्तन गरेको उनी बताउँछन् । 

भारतका प्रसिद्ध सायर तथा गजलकारहरूले आफ्नो नामको पछाडि आफ्नो ठेगाना राख्ने गरेका थिए । मजरूह सुल्तानपूरी, साहिर लुधियानबी, फिराद गोरखपुरी लगायतका सायरहरूले आफ्नो नामको पछाडि ठाउँ विशेष जोडेका कारण आफू पनि प्रभावित हुँदै आफ्नो नामको पछाडि जनकपुरी राखेको उनी बताउँछन् । ‘विद्यालय, नागरिकता आदिमा मेरो नाम अरबिन्दकुमार लाल भएपनि घरको उपनाम रोशन थियो, जनकपुरको स्थानीय भएका कारण आफ्नो नाम मैले रोशन जनकपुरी राखें,’ उनले भने ।

उनका बुवा निर्भयशंकर लालले पनि कविता लेख्ने गरेका कारण कविता लेख्ने, गजल लेख्ने कामको शुरूआत बुवाबाट नै प्रेरित भएर भएको उनी बताउँछन् । शुरू–शुरूमा हिन्दी भाषामा नै रचनाहरू लेख्ने गरेका उनले पछि आफ्नो मातृभाषा मैथिलीमा नै रचनाहरू लेख्नुपर्छ भन्ने दृढ संकल्पित हुँदै मैथिलीमा थुप्रै कविता, गजल, कथा, गीत आदिको रचना गरेका छन् ।

प्रकाशित मिति: : 2020-12-12 18:11:00

प्रतिकृया दिनुहोस्