अमेरिकामा थप समस्या बन्दै कोरोना, एकै दिन ३२६० जनाको निधन

Photo: [Ebrahim Noroozi/AP]
Photo: [Ebrahim Noroozi/AP]

बेलायतमा कोरोनाविरूद्धको खोप लगाउने कार्य तदारुकताका साथ सञ्चालन भइरहँदा अमेरिकामा भने मर्नेको संख्या तीब्र बन्न थालेको छ। 

विश्वब्यापी महामारी बनेको कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश नै अमेरिका हो। 

कोरोना संक्रमणको बढ्दो प्रभाव कै कारण गत नोभेम्बरमा सम्पन्न अमेरिकी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल लम्ब्याउन असफल भए। 

बुधबार मात्र अमेरिकामा कोरोनाबाट मर्नेको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार यहाँ ३२ सय ६० जनाको निधन भएको छ। एक दिनमा यति धेरै संख्यामा अमेरिकामा मानिस मरेको पहिलो घटना हो। 

८ महिनाअघि गत अफ्रिल १५ मा अमेरिकामा एक दिन सर्वाधिक २७ सय ५२ जनाको निधन भएको थियो। 

अमेरिकाको स्वास्थ्य विभागको तथ्यांकअनुसार पछिल्लो एक सातामा औसत २२ सय ४९ जनाको निधन भएको छ। यो पनि आफैमा एउटा कीर्तिमान हो। 

हाल अमेरिकामा कोरोनाबाट २ लाख ९९ हजारभन्दा बढीको निधन भइसकेको छ। यहाँ कोरोनाबाट १ करोड ६० लाख प्रभावित छन्। 

केही समयअघि अमेरिकामा धुमधामका साथ मनाइएको ‘थ्याङ्स गिभिङ डे’ भन्दाअघि सरकारले घरबाट टाढा आफन्तका नजान आग्रह गरेको थियो। तर, अमेरिकी जनताले सरकारको आग्रहलाई खासै वास्ता गरेनन्। 

अहिले त्यसैको असर देखिएको विभिन्न समाचार एजेन्सीले बताएका छन्।

प्रकाशित मिति: : 2020-12-11 08:17:00

प्रतिकृया दिनुहोस्