पूर्वी नवलपरासीको हुप्सेकोटमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बिएल संवाददाता

पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको हुप्सेकोटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

हुप्सेकोट गाउँपालिका ४ शंखदेवकी ७५ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको हाे। 

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त ती महिलामा मंसिर १६ गते कोरोना पुष्टि भएको थियो। 

केही दिनअघि मात्र अस्पतालबाट ल्याइएकोमा घरमै मृत्यु भएको हो। 

प्रकाशित मिति: : 2020-12-10 12:13:00

प्रतिकृया दिनुहोस्