रुपन्देहीमा उपचाररत् थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए ।
उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको हाे ।
पोखरेलका अनुसार मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए ।
संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका डा. पोखरेलले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ ।
लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ३१४ जनाको मृत्यु भएको छ ।