कोरोनाविरूद्ध पहिलो खोप लगाउने वृद्धाले भनिन्– अब ढुुक्कले नयाँ वर्ष मनाउन सक्छुु

९० वर्षीय माग्रेट किनन कोरोना भाइरसको खोप लगाउने पहिलो सर्वसाधारण बनेकी छिन्। 

बेलायतले मंगलबारदेखि कोरोना भाइरसको खोप लगाउने कार्यको सुरुवात उनीबाट गरेको हो। 

बेलायती समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा सेन्ट्रल इंग्ल्याण्डको स्थानीय कोभेन्ट्री अस्पतालमा खोप लगाइएको हो। 

बेलायतको स्वास्थ्य विभाग (एनएचए) ले कोरोना भाइरसविरूद्धको भ्याक्सिन फाइजर–बायोनटेकलाई स्वीकृति प्रदान गरेको एक साता छोटो समयमा किननलाई खोप लगाइएको हो। 

आउँदो साता ९१ वर्षमा प्रवेश गर्न लागेकी किननले खोप लगाएपछि भनिन्, ‘विश्वको पहिलो कोरोना खोप लगाउने व्यक्ति बन्दा मलाई खुसी लागेको छ। अब म ढुक्क भएर परिवारसँग नयाँ वर्ष मनाउन सक्ने छुु।’ 

विश्व स्वास्थ्य संगठन (डब्ल्युूएचओ) ले कोभिड–१९ को भ्याक्सिनलाई अनिवार्य नगर्न आह्वान गरेको बेला बेलायतले फाइजर–बायोनटेक खोप लगाउने कार्यको शुभारम्भ गरेको हो। 

किननपछि पुरुषतर्फ विलियाम शेक्सपियरलाई कोरोनाको खोप लगाइएको थियो। ८१ वर्षीय विलियाम साथीभाई माझ विलको उपनामले चर्चित छन्। 

उनी खोप लगाउने दोस्रो र पहिलो पुरुष हुन्। 

यस्तै, उत्तरी आयरल्याण्डकी जोआना स्लोआन पहिलो खोप लगाउने नर्स बन्न पुुगेकी छिन्। राजधानी लन्डनमा जर्ज डायरले पहिलो खोप लगाएका थिए।

बेलायतले ४ करोड खोपको माग गरेको अवस्थामा हाल ८ लाख डोज मात्र उपलब्ध छ। 

एनएचएले खोप स्टोर गर्ने सुुविधा भएको ५० वटा अस्पताललाई मात्र स्वीकृति प्रदान गरेको छ। 

एनएचएले स्वीकृति प्रदान गरेको फाइजर–बायोनटेक खोपको विश्वसनियता ९५ प्रतिशत मानिएको छ।
 

प्रकाशित मिति: : 2020-12-08 15:43:00

प्रतिकृया दिनुहोस्