सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक भएको बताए।

मंगलबार सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै उनले भने, ‘सगरमाथा नेपाल र चीनको सम्बन्धको प्रतिक हो। दुई देशबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्तबाट मात्रै निर्देशित छैन। आपसी सद्भाव र विश्वासले पनि हाम्रो सम्बन्धलाई निर्देशित गरेको छ।’

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनले एक वर्षसम्म संयुक्त रुपमा गरेको कामले सफलता प्राप्त गरेको बताए।

उनले भने, ‘हामी उत्साहित छौँ। चीनले पनि सगरमाथालाई विश्वासको प्रतिकको रुपमा लिएको छ।’


 

प्रकाशित मिति: : 2020-12-08 15:17:00

प्रतिकृया दिनुहोस्