बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोप लगाउन सुरु

बेलायतमा आजदेखि कोरोनाविरूद्ध खोपको कार्यक्रम सुरु हुने भएको छ। बेलायतको स्वास्थ्य मन्त्रालयले गत साता मात्र फाइजर र बायोएनटेकलाई खोप लगाउन स्विकृति प्रदान गरेको थियो। 

बेलायतबाट प्रकाशित हुने ‘द गार्डियन’ पत्रिकाका अनुसार इंग्ल्याण्डबाहेक पनि वेल्स र स्कटल्याण्डमा खोप कार्यको सुभारम्भ हुनेछ। उत्तरी आयरल्याण्डले पनि छिट्टै खोप कार्यक्रम लागु गर्ने बताएको छ। तर, दिन तोकेको छैन। 

‘द गार्डियन’ पत्रिकाको रिपोर्टअनुसार अहिले नेशनल हेल्थ सर्भिस (एनएचएच) को अगाडि सबैभन्दा ठूलो चुनौति खोप सर्वसाधारण कहाँ पु¥याउने रहेको छ। खोपलाई स्टोरेज गर्ने ठाउँको अभाव देखिन्छ। 

एनएचएचका सर्भिस प्रोभाइडर प्रमुख सेफ्रोन कोर्डरीले पहिलो चरणमा ५० अस्पताललाई स्टोरेजका लागि छानिएको बताएका छन्।

यहाँ ८ लाख भ्याक्सिनको पहिलो किस्ता बेल्जियमबाट बेलायत पुगिसकेको छ। 
बेलायत सरकारले कोरोनाको खोपलाई हतारहतार स्विकृति प्रदान गरेको विषयमा पनि प्रश्न उठेको थियो। 

तर, सरकारले कुनै कुराको आशंका नगर्न सर्वसाधारणलाई अपील गरिसकेको छ। कोर्डरेले पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यो ठूलो सफलता हो। प्रश्न उठाउनु उचित हुदैन। ठिकै छ, यसले छिटो स्विकृति पायो। तर, भ्याक्सिन पूर्णरुपमा सुरक्षित छ। खोप लगाउने मानिसको हामी निगरानी गर्नेछौं।’

बेलायतले पहिलो चरणअन्तर्गत पहिलो मोर्चामा बसेर कोरोनाविरूद्ध लडाई रडिरहेका स्वास्थ्यकर्मी र बुढाबुढीलाई खोप लगाउने बताएको छ।
 

प्रकाशित मिति: : 2020-12-08 12:35:00

प्रतिकृया दिनुहोस्