यस्तो पार्क जहाँ लोकप्रिय छ चिया र चेस (भिडिओ)

सेतोपाटी

काठमाडौँ

सुजन अधिकारी

थापाथली चेस पार्क पुग्दा केही अधवैंसे पुरुषहरू चेसको चाल मार्दै थिए। छेवैमा चिया पसल छ। कोही चियाको चुस्की लिँदै खेलको आनन्द उठाइरहेका भेटिए।

यो नेपालको एक मात्र सार्वजनिक पार्क हो जहाँ चेस खेलिन्छ।

कहाँ होला यो पार्क भनेर अझै अलमलमा हुनुहुन्छ?

थापाथली मुख्य चोकबाट त्रिपुरेश्वर घुम्ती मोडैमा छ, बागमती खोला किनार नजिकै।

पार्कमा मान्छे मात्र होइन कुकुर, बाँदर, परेवा लगायत चराजन्तु पनि विचरण गर्न आइरहेका हुन्छन्। बूढापाकाको विश्राम गर्ने र जाडोमा घाम सेकाउने ठाउँ पनि हो। दिनभरको थकान मेट्न र गफिएर समय काट्ने यो ठाउँ अचेल चेस खेल्ने स्थानको रूपमा चिनिन थालेको छ।

सन्यासी अखडामा पाँच रोपनीमा फैलिएको यो पार्क कालमोचन घाट गुठीको स्वामित्वमा छ। चेस-चिया पसल सञ्चालन गर्न गुठीले नै अनुमति दिएको हो।

प्रकाशित मिति: : 2020-12-08 09:02:00

प्रतिकृया दिनुहोस्