एटीएम मेसिन फोडिरहेको अवस्थामा युवक पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्। 

सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई एटीएम फोडदै गरेको अवस्थामा प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजन लामाले बताए।

‘बैंकको एटीएम मेसिन आधा फुटाएका थिए। तर, उनले रकम निकाल्न भने सकेका थिएनन्,’ इन्सपेक्टर लामाले भने।

तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-07 11:27:00

प्रतिकृया दिनुहोस्