ट्रम्पको नतिजा उल्ट्याउने प्रयासमा रहेका विकल जुलियानीलाई काेराेना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिललाई कोरोना संक्रमण भएकाे छ। 

ट्रम्पले आफ्ना वकिल रुडी जुलियानीमा काेराेना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन्।

ट्रम्पको कानूनी चुनौतिको जुलियानीले नेतृत्व गरिरहेका छन्। आफू पराजित भएको चुनाव धाँधलीपूर्ण रहेको आरोप लगाउँदै आएका ट्रम्पको नतिजा उल्ट्याउने प्रयासमा जुलियानी प्रमुख हर्ताकर्ता हुन्।

तर अहिलेसम्म दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा खारेज वा विपक्षमा फैसला भएका छन्।

७६ वर्षका जुलियानीलाई संक्रमणपछि उपचारका लागि वासिङ्गटन डिसीस्थित जर्जटाउन युनिभर्सिटी हस्पिटलमा लगिएको छ।
 

प्रकाशित मिति: : 2020-12-07 08:06:00

प्रतिकृया दिनुहोस्