सरकार गणतन्त्रविरोधीप्रति नरम देखियाे: जनार्दन शर्मा

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन्।

नेकपाको स्थायी कमिटी बैठकमा आइतबार  प्रस्ताव पेश गर्दै उनले  सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए।

‘गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’ उनले भनेका छन्, ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं।’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र ‘नेपाल’को नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका शर्माले टिप्पणी गरेका छन्।

उनले सरकारले कोराना भाइरसबाट जनताको जीवन रक्षा गर्नुका साथै पूर्णरुपले आर्थिक गतिविधि सञ्चालनको अवस्था सिर्जना गर्नुपर्ने शर्माले बताएका छन्।

प्रकाशित मिति: : 2020-12-06 16:21:00

प्रतिकृया दिनुहोस्