भारतले अष्ट्रेलियालाई दियाे १६२ रनको मध्यम लक्ष्य

भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको मध्यम लक्ष्य दिएको छ।

मानुका ओभल क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो। 

भारतका लागि केएल राहुलले ४० बलमा ५ चौका र १ छक्कासहित ५१ बनाए।

रविन्द्र जडेजाले ४४ रन बनाए। जडेजाले २३ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे।

यता सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए।

अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्।

अष्ट्रेलियाका हेनरिक्स मोइसेसले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। 

एडम जाम्पाले ४ ओभरमा २० रन खर्चिदै एक विकेट लिए। 

मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। मिचेल स्विपसनले एक विकेट लिए।
 

प्रकाशित मिति: : 2020-12-04 16:13:00

प्रतिकृया दिनुहोस्