‘सानो मान्छे बोल्यो भन्लान्, तर धेरै नराम्रो भयो’

बाह्रखरी

काठमाडाैं

बुल्दी खोलाको मोटरेवल पुल अहिले चर्चामा छ । मोटरेवल पुलले आवतजावतमा परेको समस्या समाधान गर्ने हो । प्रयोग गर्ने सबैले हो । आवतजावतको समस्या समाधान गर्न बनाइएको त्यही पुलले भने बुधबार तनहुँ तनावग्रस्त बन्यो । उपभोक्ता समितिमार्फत बनाइएको त्यो पुलको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भन्नेमा समितिमा सबै सदस्य सहमत थिए ।

सोही अनुसार कार्यक्रम तय भयो, बुधबार दिनको १ बजे उद्घाटन गर्ने कार्यक्रम राखियो । व्यास नगरपालिकाको वडा नं. १, १० र ११ जोड्ने त्यो पुलको उद्घाटन हुनुपूर्व बिहीबार तनहुँ सदरमुकाम दमौलीमा नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनले र्याली र प्रदर्शन गर्यो । पुल उद्घाटन गर्न नहुने भन्दै नेकपाले उक्त प्रदर्शन गरेपछि स्थिती झन तनावग्रस्त बन्ने र झडप हुने सम्भावना औँल्याउँदै तनहुँ प्रशासनले १२ बजे साँझ ६ बजेसम्म लागु हुनेगरि निषेधाज्ञा जारी गर्यो ।स्थानीय प्रशासनको निषेधाज्ञा जारी भएपछि वरिष्ठ नेता पौडेलले आक्रोशित हुँदै भने, “पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको देखिन्छ । पुल उद्घाटन गर्दा कुन शान्ति भंग हुन्छ, कुन विकास रोकिन्छ, कुन जनतलाई पीडा हुन्छ ? कुन देशलाई नोक्सान हुन्छ ? हामी पुलको उद्घाटन गर्छौैँ । यो सबै झुटा हो, तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु भनेजस्तो हो । यो सबै नाटक रचिएको हो । केही मान्छेलाई मोटरसाइकल कुदाउन लगाएर प्रशासनले बेइमानी गर्दैछ । झुटमुठको विज्ञप्ति मान्दिन म । यो फट्याईँ हो ।”

प्रकाशित मिति: : 2020-12-03 21:48:00

प्रतिकृया दिनुहोस्