पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको हृदयघात कारण निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरूल्लाह खान जमालीको निधन भएको छ।

 ७६ वर्षे जमालीकाे हृदयघात कारण बुधबार निधन भएकाे हाे।

स्थानिय संञ्चारमाध्यमहरुका अनुसार उनलाई केही दिनदेखि रावलपिन्डीस्थित एक अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा रेफर गरिएकाे थियाे।

जमाली बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्री थिए। 

उनले सन् २००२ देखि २००४ सम्म पाकिस्तान प्रधानमन्त्रीकाे पद सम्हाले। 

तर, उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए।

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: : 2020-12-03 12:07:00

प्रतिकृया दिनुहोस्