गुडिरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बुटवलको अस्पताल लाइनमा गुडिरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बुधबार मध्यान्ह भएकाे दुर्घटनामा स्कुटर चालक बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हाे। 

एकै दिशामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई ना ७ ख १३ ३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
 

प्रकाशित मिति: : 2020-12-02 15:22:00

प्रतिकृया दिनुहोस्