उत्तर कोरियाका तानाशाहले चिनियाँ खोप लगाएको दावी

बिएल संवाददाता

न्युयाेर्क

उत्तर कोरियाका तानाशाह किम जोङ उन र उनको परिवारका सबै सदस्यले चीनले बनाएको कोरोना भाइरसविरूद्धको खोप लगाएको दावी अमेरिकी अधिकारीले गरेका छन्। 

अमेरिकाका एक विशेषज्ञले किमले लगाएको खोपले हालसम्म स्वीकृति प्राप्त नगरेको बताएका छन्।

अमेरिकी विशेषज्ञले जापानका दुई जासुस निकायका अधिकारीको रिपोर्टको आधारमा यस्तो दावी गरेका हुन्। 

किमले लगाएको खोपको नाम अहिलेसम्म गोप्य राखिएको बताइएको छ।

उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना संक्रमणको पुष्टी गरेको छैन।

तर, दक्षिण कोरियालाको जासुसी संस्थाले उत्तर कोरियामा ठूलो मात्रामा संक्रमित भएको बताएका छन्।

प्रकाशित मिति: : 2020-12-01 14:10:00

प्रतिकृया दिनुहोस्