बहराइन ग्राण्ड प्रिमा कारमा आगो लागेका ड्राइभरको सकुसल उद्दार


बहराइनमा जारी ग्राण्ड प्रिमा एउटा ठूलो दुर्घटना भएको छ। जसका कारण हास टिमका फर्मुला–१ ड्राइभर रोमेन ग्रोस्जो अस्पताल भर्ना भएका छन्। ३४ वर्षीय ग्रोस्जोले २ सय ५० किमी प्रति घण्टाको रफ्तारमा कुदाएको कारमा आगो लागेको थियो। 

घटनालगत्तै सुरक्षाकर्मीले चालक ग्रोस्जोलाई तुरुन्त गाडीबाट बाहिर सुरक्षित निकालेका थिए। ग्राण्ड प्रिका विजेता लुइस हेमिलटनसमेत हास टिमका मालिकले आफ्नो ड्राइभरलाई सकुसल उद्दार गरेकोमा सबैलाई धन्यबाद दिएका थिए। 

दुर्घटनापछि केही समय रेस रोकिएको थियो। हेमिलटनले भने, ‘म सबैप्रति आभारी छु कि रोमेन सुरक्षित छन्। हाम्रो खेल मजाक होइन। जो यो खेलमा हुने जोखिमबाट अविचलित हुन्छन्, तिनीहरूप्रति हाम्रो स्नेह छ। रोमेनलाई सुरक्षित बाहिर निकाल्न संघले गरेको प्रयासप्रति आभारी छु।’

१९९६ का विश्व च्याम्पियन ब्राइटन हेमन हिलले यति ठूलो घटनाबाट बच्न सफल रोमेनको घटना चमत्कारभन्दा कम नभएको बताए। 

रोमेनले पनि अस्पतालबाट आफ्ना समर्थकलार्य धन्यबाद भनेका छन्। उनले आफूलाई केही चोट लागेको तर यसबाट छिट्टै बाहिरिने बताए। 

सात पल्टको विश्व च्याम्पियन हेमिल्टनले बहराइन ग्राण्ड प्रिको उपाधि जित्ने क्रममा यो सिजन ११ वटा रेस जितिसकेका छन्। उनको करिअरको ९५ औं जित हो।

प्रकाशित मिति: : 2020-11-30 14:10:00

प्रतिकृया दिनुहोस्