धानको भुषा भित्र लुकाएर तस्करी गर्न लागिएकाे माेटर पार्टसका सामन नियन्त्रणमा

पोखरिया–वीरगञ्ज सडकखण्डस्थित वीरगञ्ज महानगरपालिका २६ सुगौली बिर्ताबाट ट्याक्टरसहित करिब ७ लाख मुल्य बराबरको मोटर पार्टसका समान नियन्त्रणमा लिइएको छ।

धानको भुषा लोड गरेको ट्याक्टरको टेर्ल  भित्र लुकाई छिपाई राखेको मोटर पार्टसको समान सशस्त्र प्रहरीले पक्राउ गरेको हो। 

ग्रामीण नाकाबाट अबैधरुपमा भित्र्याइएको समान विओपी अलौ बाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्व विषेश सुचनाको
अधारमा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद सामान आवश्यक करवाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरी १३ नम्बर गण वीरगञ्ज पर्साले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-30 09:48:00

प्रतिकृया दिनुहोस्