चेल्सीसँग टोटेनहमकाे बराबरी

बिएल संवाददाता

काठमाडाै‌ं

 इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोलीले बल पोजेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा टोटेनहमसँग बराबरी खेल्न बाध्य बन्यो।

बराबरीसँगै टोटेनहम शीर्षस्थानमा उक्लिएको छ। 

समान २१ अंक नै भएपनि टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो।

चेल्सी १९ अंकसहित तेस्रो स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2020-11-30 07:19:00

प्रतिकृया दिनुहोस्