बार्सिलोनासँग ओसासुना पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ। 

घरेलु मैदानमा आइतबार भएकाे खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको हो।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो र कप्तान लियोनेल मेसीले गोल गरे। 
 
२९औँ मिनेटमा ब्रेथवेटको गोलबाट बार्सिलोनाले अग्रता लियो।

४२औँ मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। 

५७औँ मिनेटमा ग्रिजमनको पासमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए। 

७३औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए। गोलपछि उनले म्यारोडोनाको पुरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए।

यस्तै बार्सिलोनाले पनि खेल अघि म्यारोडोनालाई सम्झिएको थियो।

जितसँगै बार्सिलोना ९ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। पराजित ओसासुना १० खेलबाट ११ अंक जोडेर १५औं स्थानमा यथावत रहेको छ।

प्रकाशित मिति: : 2020-11-29 21:36:00

प्रतिकृया दिनुहोस्