के तपाईं आफ्नो नाङ्गो फोटो हेर्न सक्नुहुन्छ ?

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

राजेश शर्मा

फेसबुकबाहेक सामाजिक सञ्जालमा म त्यति सक्रिय छैन । इन्स्टाग्राममा कहिलेकाँही अरुले राखेको फोटो हेर्ने गर्छु । अरुले पाेस्ट गरेको फोटो हेर्दाहेर्दै एक दिन म टक्क रोकिएँ । शिशु यताउटा पल्टिरहेको भिडियो थियो त्यो । सानो बच्चा चलेको, यताउता फर्कन सुरु गरेको हेर्दा रमाइलो लाग्नु स्वाभाविक हो । यही नजरले हेरिरहेँ । 

आमाले मीठो स्वरमा छोरीलाई बोलाएको आवाजले त्यो भिडियो झन् सुन्दर थियो नै । एक छिनमा म झसङ्ग भएँ । कारण थियो, ती सानी नानी सर्वाङ्ग थिइन् । जुन भिडियो इन्स्टाग्राममा पाेस्ट गरिएका कारण पब्लिक थियो । मैले हेर्दासम्म १ हजारभन्दा बढीले हेरिसकेका थिए । लभ रियाक्टका कमेन्ट ३५ वटा थिए ।

मैले चिनेको साथीको पाेस्ट थियो त्यो । अरु पनि पाेस्टहरू हेरेँ । तीनवटा अरु त्यस्तै देखेपछि फोन गरेँ । त्यो गलत हो । उहाँले सुरुमा मान्नु भएन । पछि मैले धेरै कुरा गरेपछि पाेस्ट डिलिट गर्नुभयो ।

स्याङ्जा वालिङका एक साथीले भदौमा फेसबुकमा लाइभ गर्नुभयो । केटा केटीहरूको साथमा आँधिखोलामा पौडी खेल्दै गरेको दृश्य थियो यो । दुई जना सात/आठ वर्षका बालकहरू नाङ्गै पौडी खेलिरहेका थिए । कामको सिलसिलामा विदेश बसेका ती साथी उता पनि फेसबुक धेरै चलाउने भएका कारण त्यो लाइभ एकछिनमा नै ६ हजारभन्दा बढीले हेरे । मेरो मनमा उकुसमुकुस भएपछि फोन गरेँ र भनेँ, 'यसरी नाङ्गो फोटो खिच्नु हुन्न । सामाजिक सञ्जालमा पाेस्ट गर्नु पनि अपराध हो ।'

प्रकाशित मिति: : 2020-11-29 16:20:00

प्रतिकृया दिनुहोस्