बालुवाटारमा ओलीलाई प्रचण्डको जवाफ : चिमोटेको पक्कै हो तर सिध्याएको होइन

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को फरक प्रस्ताव सचिवालयमा पेश भएसँगै लिखित रुपमै अघि बढेको छ। कातिक २८ मा प्रचण्डले ओलीमाथि आरोप लगाउदै प्रस्ताव पेश गरेपछि ओलीले पनि मंसिर १३ को बैठकमा काउन्टर जवाफ प्रस्तुत गरे।

पार्टी एकता तोडेको ओलीले प्रचण्डलाई आरोप लगाउँदा प्रचण्डले पनि ओलीले सहमतिको उल्लंघन गरेर धोका दिएको बताए। शनिवारको सचिवालय बैठकमा ओलीले ३८ पेजको जवाफ पेश गरेसँगै ओली प्रचण्ड फेरि पनि एकअर्काप्रति आक्रामक देखिएका छन्।

बैठकमा प्रचण्डले ओलीलाई एमाले दर्ता गराएर, स्थायी कमिटीको सहमति भंग गरेर, मदन भण्डारी फाउण्डेशनलाई सक्रिए गराएर, निर्वाचन आयोगमा पूर्व एमालेलाई दर्ता गराएर तथा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर अलग पार्टीको अभ्यास गरेको आरोप लगाए। 

सहमतिमा बेइमानी

प्रचण्ड निकट स्रोतका अनुसार शनिवारको बैठकमा प्रचण्ड ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए। ओलीले प्रस्तुत गरेको प्रस्तावबारे बोल्दै उनले बिवाद समाधानका लागि गठित कार्यदलका संयोजक महासचिव विष्णु पौडेललाई ओलीले आफूलाई घिसारेर सहमतिमा ल्याएको भनेको भन्दै आपत्ति जनाएका थिए।

'कार्यदल गठन र स्थायी समितिको निर्णयसम्मलाई अर्को अध्यक्ष र तिमीहरुले मलाई घिसारेर ल्याएको हो भन्ने शब्द तपाईंले प्रयोग गरेको सायद महासचिव कमरेडले बिर्सनुभएको छैन होला,' प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो।

प्रचण्डले बैठकमा पार्टीको विवाद समाधानका लागि भएका सहमतिमा आफू इमान्दार भएको बताएका थिए। उनले ओलीलाई बेइमानी गरेको आरोप लगाए।

'कार्यदलले मलाई र तपाईं समेतलाई यो बीचमा विवादास्पद अभिव्यक्ति नदिन र नियुक्तिहरु नगर्न सुझाव दिइसकेपछि गरिएका नियुक्तिहरुको प्रकृतिमात्रै हेर्ने हो भने अहिले कार्यदल र स्थायी समितिप्रति म चाहिँ इमान्दार छु भनेको कुरालाई पुष्टि गर्छ र तपाईंको व्यवहारले?,' प्रचण्डले बैठकमा प्रश्न गरे।

प्रकाशित मिति: : 2020-11-29 14:47:00

प्रतिकृया दिनुहोस्