नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताएका छन्।
काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समनयन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचारलाई संरक्षण गरेको बताएका हुन्।
‘यो कुरा ट्रान्सपरेन्सी इन्टनेशनलले मात्र होइन, जनताले बसमा, घरमा, पार्कमा, सार्वजनिक स्थानमा जनताले भन्दै आएको कुरालाई ट्रान्सपरेन्सी इन्टनेशनलले त पुष्टि गरिदिएको छ,’ उनले भने।
फरक प्रशंगमा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरे। संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नपाएको भन्दै तत्काल अधिवेशन बाेलाउन माग गरेका हुन्।
‘सरकारलेपुर्व तयारी बिना नै स्थगित गरियो’ नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नुपर्छ।’