बिएल संवाददाता
भारतको धर्मशालामा बसेर तिब्बतको निर्वासित सरकार सञ्चालन गर्दै आएका धर्मगुरू दलाई लामाका अनुयायीले ६० वर्षपछि गत शुक्रबार अमेरिकी पदाधिकारीलाई ह्वाइट हाउसमा भेटेको खबर अहिले डँढेलो सल्किएसरह चीनमा फैलिएको छ।
यसैले चीनको विदेशनीतिमा सरकारलाई सल्लाह दिने चिनियाँ ‘थिङ्क ट्याक’ का सदस्यहरूले अमेरिकाको नवनियुक्त सरकारबाट सम्बन्ध सुधारको धेरै अपेंक्षा नगर्न सुझाव दिएका छन्।
चिनियाँ विदेशनीतिका यी ‘थिङ्क ट्याक’ ले भनेका छन्, ‘चीन सरकार यो भ्रममा पर्नुहुदैन, जो वाइडेनको शाषनकालमा अमेरिका र चीनको सम्बन्ध सुधार हुन्छ भनेर।’
यही नोभेम्बर ४ मा अमेरिकामा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका वाइडेनले बहुमत प्राप्त गरेका थिए। जनवरी २० मा उनले अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथग्रहण गर्नेछन्।
वाइडेन यसअघि बराक ओबामाको ८ वर्षे कार्यकालमा उप–राष्ट्रपति थिए। ओबामाको कार्यकालमा अमेरिका–चीनबीचको सम्बन्ध अहिले जस्तो तिक्त देखिएको थिएन। तर, डोनाल्ड ट्रम्पको ४ वर्षे कार्यकालमा अमेरिका र चीन थुप्रै मुद्धामा एकआपसमा भिडेका थिए।
ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाको नम्बर एक दुश्मन रुस नभई चीन भएको प्रमाणित गर्न खोजेका थिए। ओबामाको कार्यकालमा अमेरिकाको नम्बर एक दुश्मन देश रुस थियो।
पछिल्लो ४ वर्षमा अमेरिका र चीनबीच व्यापार, फाइभ–जी नेटवर्क र साउथ चाइना सीको विषयलाई लिएर विवाद भएको थियो।
चीनको समुन्द्री बाटो हुँदै अन्य महादेशमा व्यापार गर्ने योजनालाई रोक्न अमेरिका आक्रामक रूपमा अगाडि बढेको छ। यस्तै, हङकङमा चिनियाँ प्रभावलाई कम गर्न र ताइवानलाई चीनमा मिलाउने अभियानलाई रोक्न अमेरिका पछिल्लो समय जोडतोडका साथ लागेको छ।
यस्तो अवस्थामा नेतृत्व फेरिने वित्तिकै चीनसँगको पछिल्लो तनाव स्वात्त घट्ने सम्भावना कम भएको चिनियाँ ‘थिङ्क ट्याक’ हरूको भनाई छ। केही दिनअघि मात्र सिङ्गापुरबाट प्रकासित भएको एउटा अखबारमा पनि यस्तै रिपोर्ट सार्वजनिक भएको थियो।
एडवान्स इन्स्टिच्युज अफ ग्लोबल चाइना स्टडिजका डिन झेंङ योङ्गनियानले हालै दिएको एउटा अन्तर्वार्तामा अमेरिकामा जुनसुकै नेतृत्व स्थापित भएपनि अब चीनप्रति उनीहरूको नीति कडा नै हुने बताएका छन्। उनले भनेका छन्, ‘अब चीनले निकै होसियारीपूर्वक कदम चाल्नुपर्ने छ।’
उनले अमेरिका र चीनबीच सुमधुर सम्बन्धको यात्रा समाप्त भएको बताएका छन्। ‘रातारात पहिले जस्तै अवस्था सुध्रिने कल्पना नगर्दा राम्रो हुन्छ।’ झेंङले गत अगस्टमा चिनियाँ राष्ट्रपति सी चिङफिङलाई चीनको ‘लङ टर्म फोरेन पोलिसी’ को विषयमा सुझावसहित एउटा दस्तावेज सुम्पिएका थिए।
उनको भिजन डकुमेन्टमा पनि भनिएको छ–अमेरिकी जनतालाई पनि लाग्न थालेको छ, अब चीनलाई रोक्नु अत्यन्त जरुरी छ।
उनले भनेका छन्, ‘वाइडेन पनि अमेरिकी जनताको चीन विरोधी सोच विरूद्ध जोखिम लिने पक्षमा छैनन्। ह्वाइट हाउस प्रवेश गर्दा वाइडेनले यो कुरालाई ध्यानमा राख्नेछन्। त्यसैले उनको कार्यकालमा सम्बन्ध राम्रो हुन्छ भन्ने आशा गरिहाल्नु घातक सावित हुनेछ।’
वाइडेनले दुईवटा चुनावी ¥यालीमा चिङफिङलाई ठग भन्न भ्याएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया