लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका छन्। 

प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका ९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको थियाे।

नवजात शिशु भने सकुशल छन्। उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ।

घटनापछि चिकित्सकहरुकाे लापरवाहीले भएकाे भन्दै आफन्तहरु विरोध प्रदर्शनमा उत्रिएका छन्।  

लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनीहरुकाे माग छ। 

आक्रोशित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अवरुद्ध गरेका थिए।

स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ।

प्रकाशित मिति: : 2020-11-22 13:34:00

प्रतिकृया दिनुहोस्