पर्सामा एक युवकको मृत फेला

पर्सामा एक युवकको मृत फेला परेका छन्। 

सखुवा प्रसौनी २ प्रसौनीका अन्दाजी ३८ वर्षीय सन्तोष यादव शनिबार पुरैना खोलाको दहीनादी सरैयामा मृत फेला परेका हुन्।

घटनाबारे जानकारी पाए लगतै प्रहरी चौकी एकटाँगा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थलमा पुगेको थियो।

इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार घटनास्थल जाँच मुचुल्कापछि शनिबार नै शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ। 

‘घटनास्थलमा भेटिएका प्रमाणहरु पनि संकलन गरेर पठाएका छौं,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’

परिवारका सदस्यले गम्छाको पासो लगाएर आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको दाबी गरेका छन्। आत्महत्या गर्न लागेको देखेपछि तल झारेको उनीहरुले बताएका छन्।

मानसिक अवस्था कमजोर भएका कारण उनी बाँसको झाडीमा बस्दै आएका थिए। 

प्रहरीले पनि घटनालाई शङ्कास्पद भनेको छ।सोही अनुसार अनुसन्धान सुरु गरेको छ। पोष्टमार्टम रिपोर्टको पर्खाइमा रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2020-11-22 12:53:00

प्रतिकृया दिनुहोस्