नाडाल र जोकोविच एटिपी फाइनल्सको सेमिफाइनलबाटै बाहिरिए

बिएल संवाददाता

काठमाडाै‌ं

राफायल नाडाल र नोभाक जोकोविच एटिपी फाइनल्सको सेमिफाइनलबाटै बाहिरिएका छन्।

डानिल मेडभेडेभले स्पेनिस नाडाललाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन्। 

२४ वर्षे रुसी खेलाडी सुरुमा पछि परे पनि पुनरागमन गरि नाडाललाई पराजित गरेका हुन्।

नाडालमाथि मेडभेडेभले ३–६, ७–६ (७–४) र ६–३ को सेटको जित दर्ता गरेका हुन्।

 उनले अब  उपाधिका लागि तेस्रो बरियताका डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन्।

यता थिएमले विश्व नम्बर एक नोभाक जोकोविचलाई ७–५, ६–७ (१०–१२) र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन्।

 फाइनल खेल आइतबार हुनेछ।

प्रकाशित मिति: : 2020-11-22 07:52:00

प्रतिकृया दिनुहोस्