कसले रोक्ने? प्रहरीका आँखा छल्दै सीमापार बजारमा नेपाली (फोटो फिचर)

थाहा खबर

काठमाडाैं

विराटनगर : सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ। 

नेपाल–भारत सीमा बन्द भए पनि यसको पूर्ण कार्यान्वयनमा चुनौती थपिएको छ। जसका कारण कोरोनाको जोखिम बढने क्रम उस्तै छ। कोरोना संक्रमणको उच्च जोखिम रहदा रहँदा पनि नेपाली उपभोक्ता सीमापार बजार जोगबनी किनमेलमा लागि पुग्ने क्रम रोकिन सकेको छैन।

पूर्वी नेपालको मुख्य नाका विराटनगरको रानीबाट किनमेलका लागि दैनिक सयौं नेपाली उपभोक्ता भारतीय बजार जोगबनी पुग्ने गरेका छन्। प्रहरीले किनमेलका लागि सीमापारको बजार जाने नेपालीलाई रोक्न सकेको छैन।

मुख्यमार्गमा सुरक्षाकर्मी परिचालन गरी विराटनगरको रानी नाका बन्द गरिएको छ। तर चोरबाटो भएर दिनहुँ सयौं नेपाली उपभोक्ता भारतीय बजार जोगबनीदेखि फारबिसगञ्जसम्म किनमेलका लागि पुग्ने गरेका छन्।

कोरोना संक्रमणको दर न्युनीकरणका लागि सरकारले गत चैत ११ देखि भारतीय सीमा बन्द राखेको छ। यद्यपि नेपाली उपभोक्ता सजिलै भारतीय बजार पुगेर फर्किने गरेका छन्।

दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुँवा बनाउने र त्यहीबेला नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेका छन्। खुला सिमानाका कारण विभिन्न कार्य प्रयोजनले सजिलै भारत जाने र सीमावारि तयारी अवस्थामा बसेको सिटी सफारीमा आफ्नो घरसम्म फर्किने क्रम दशैं अगाडिदेखि नै चलिरहेको छ।

स्थानीय मोहम्मद मुख्तार हुसैनले विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र ईस्लामपुरबाट दिनहुँ हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको बताए।

प्रकाशित मिति: : 2020-11-22 00:29:00

प्रतिकृया दिनुहोस्