जोकोविच एटिपी फाइनल्सको अन्तिम चारमा

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व नम्बर एक नोभाक जोकोविच एटिपी फाइनल्सको अन्तिम चारमा प्रवेश गरेका छन्। 

लण्डनमा भएको राउण्ड रोबिनको अन्तिम खेलमा एलेक्सान्डर स्वेरेभलाई पराजित गरेर जर्मन सर्बियन जोकोविचले सेमिफाइनलमा स्थान बनाएका हुन्।

स्वेरेभलाई जोकोविचले ६–३ र ७–६ (७–४) को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविचले फाइनलमा स्थान बनाउनका लागि शनिबार डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् ।

अर्को सेमिफाइनलमा डानिल मेडभेडेभले राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: : 2020-11-21 09:03:00

प्रतिकृया दिनुहोस्