धनगढी थप एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।

अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार २५ कात्तिकमा कोरोना पोजेटिभ भएर अस्पतालमा उपचाररत उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

श्वास प्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।


योसँगै अस्थायी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-20 19:19:00

प्रतिकृया दिनुहोस्