हेटौंडा र धरानमा थप दुई काेराेना भाइरस संक्रमितकाे मृत्यु भएकाे छ।
सप्तरीका बोदेबर्साइन ३ की ७१ वर्षीय महिला र हेटौंडा उपमहानगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो।
हेटौंडाकी महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।
पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु भएको हाे। ती महिलालाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै हेटौंडा उपमहानगरमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ।
यता सप्तरीका कोरोना संक्रमित महिलाकाे बिहिबार बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकाे हाे।
उनी निमोनिया भएकाे कारण अस्पताल भर्ना भएकी थिइन्। उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।