फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले मध्य डिसेम्बरसम्म स्वीकृति पाउने सम्भावना

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखिएकाे फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले मध्य डिसेम्बरसम्म स्वीकृति पाउने सम्भावना देखिएकाे छ।

९५ प्रतिशत प्रभावकारिता देखिएकाले खाेपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले स्वीकृति दिन लागेकाे खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले जानकारी दिएका हुन्।

फाइजर खाेजमकाे प्रभावकारी सुरुमा ९० प्रतिशत प्रभावकारी रहेकाे जनाइएकाे थियाे।

तर बुधबार उत्पादकले पत्रकार सम्मेलन गर्दै  बिभिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको दावी गरेकाे छ।

साहिनले आफूहरुकाे निर्माण गरेकाे खोप सुरक्षित र प्रभावकारी रहेकाे बताउँदै अमेरिकी तथा युरोपेली निकायले आकश्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने विश्वास गरेका छन्।

उनका अनुसार खाेप बजारमा पुग्न केही शर्त अनिवार्य गरिएकाे छ। उक्त शर्त पुरा गरेपछि मात्रै खाेपहरु अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले स्वकृति प्रदान गर्ने छन्। तर याे खाेप आकश्मिक प्रयोगका लागि मात्रै उपलब्ध हुनेछ।

यता युरोपियन युनियनले पनि केही शर्तसहित खोप बजारमा ल्याउन दिने सहमति गरेकाे उनी बताउँछन्। 

उक्त शर्त पुरा गरेकाे खण्डमा डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्राप्त हुनेछ। 

‘बजारमा खाेप ल्याउन मिल्ने/नमिल्ने शर्तमा भर पर्ने कुरा हाे। यति शर्त पुरा गरेकाे खण्डमा स्वीकृति पाइने छ,’ साहिनले भने।

प्रकाशित मिति: : 2020-11-19 07:21:00

प्रतिकृया दिनुहोस्