ललिता निवास जग्गा प्रकरमणमा मुछिएका राजेन्द्रमान श्रेष्ठ धरौटीमा रिहा

बिएल संवाददाता

काठमाडाै‌ं

बालुवाटारको ललिता निवास जग्गा प्रकरमणमा मुछिएका राजेन्द्रमान मान श्रेष्ठ धरौटीमा छुटेका छन्।

विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले बुधबार भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन इन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता तथा बेचबिखन गर्न संलग्न रहेको आरोपमा गत वर्ष माग २३ गते उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान मुद्दा दायर गरेको थियो।

बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी व्यक्तिको नाममा पुर्‍याइएको थियो। यस घटनामा तीन पूर्वमन्त्री र तीन पूर्वसचिव सहित १७५ जना विरुद्ध मुद्धा दायर गरिएकाे थियाे।
 

प्रकाशित मिति: : 2020-11-18 18:58:00

प्रतिकृया दिनुहोस्