बुटवलमा थप एक काेराेना संक्रमितकाे मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएको छ।

रोल्पाकी ७७ वर्षीया महिलाको बुधबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको  अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

उनी गत कात्तिक १६ गते कोरोना पोजिटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन्। ती महिलामा ज्वरो, दम र मधुमेह सम्बन्धीको समस्या रहेको गौतमले जानकारी दिए।

यसअघि बुधबार बिहान उक्त अस्पतालमा बुटवलका ४० वर्षीय संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-11-18 14:34:00

प्रतिकृया दिनुहोस्