पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ रवि बजारमा कोरोनाले एक व्यक्तिको मृत्यु भएको छ।
४७ वर्षीय ती व्यक्तिको होम आइसोलेसनमै मंगलबार बेलुकी मृत्यु भएको हाे।
ज्वरो आएका ती व्यक्ति उपचारका लागि विराटनगरको नोबेल अस्पताल चेकजाँच गर्न पुगेका थिए। उनकाे पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
कात्तिक २८ गते गएका उनी २९ गते फर्किएर घरमै बसेका थिए।