कोरोनाविरूद्धको लडाईंमा रुसी राष्ट्रपतिको आग्रहः चीन र भारतसँग मिलेर काम गरौँ

बिएल संवाददाता

वासिङटन, डिसि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरूद्धको लडाईंमा आफ्नो देशले निर्माण गरेको खोप प्रभावकारी भएको भन्दै चीन र भारतलाई मिलेर काम गर्न प्रस्ताव गरेका छन्। 

मंगलबार उनले ‘स्पुटनिक–बी’ खोपको तयारीका लागि दुबै देशलाई मिलेर काम गर्न प्रस्ताव गरेका हुन्। उनले विश्वका अन्य गरिब देशमा खोपको आवश्यक मात्रा उपलब्ध गराउन चीन र भारतको सहयोग अपरिहार्य भएको बताए। 

ब्रिक्स सम्मेलनमा उनले ब्राजिल र भारतले रुससँग सिधैँ निवेश गर्न सहमति जनाएको भन्दै रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डमार्फत ब्राजिल र भारतसँग मिलेर खोपको क्लिनिकल ट्रायल सुरु गर्न सम्झौंता भएको बताए।

‘स्पुटनिक–बी’ को तयारीका लागि चीन र भारतको औषधि निर्माता कम्पनीसँग पनि रुसले सम्झौंता गरेको छ। 

११ अगस्टमा रुसले कोरोना भाइरसको पहिलो भ्याक्सिन रजिस्ट्रेशन गरेको थियो। रुस कोरोनाविरूद्ध भ्याक्सिन रजिस्ट्रेशन गर्ने पहिलो देश हो।

 गामालेया रिसर्च इन्स्टिच्युटले भ्याक्सिनको विकाश गरेको हो। गत साता मात्र रुसको स्वास्थ्य मन्त्रालयले ‘स्पुटनिक–बी’ कोरोना भाइरसलाई रोक्न ९२ प्रतिशतले प्रभावशाली रहेको बताएको छ।

प्रकाशित मिति: : 2020-11-18 09:04:00

प्रतिकृया दिनुहोस्