चुनावमा धाँधली भएको भन्दै हालेकाे उजुरी खारेज गरेका निर्वाचन सुरक्षा अधिकारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको भन्दै हालेकाे उजुरी खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई उनले मंगलबार बर्खास्त गरेका हुन्।

ट्रम्पले एक ट्वीट गर्दै साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन्।

नोभेम्बर ३ मा भएको चुनावमा वाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत ट्रम्पले जितलाई अस्वीकार गर्दै आएका छन्।

उनले लगातार बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले केही राज्यहरूमा भएको निर्वाचनमा धाँधली भएको भनेर केही ठाउँमा निवेदन पनि गरेका थिए। ती उजुरीहरुमा पर्याप्त प्रमाणहरु नपुगेको भन्दै न्यायाधीशहरूले उजुरी खारेज गरिदिएका थिए। तर पनि उनले धाँधली भएको भन्न छाडेका छैनन्।

राष्ट्रपतिमा निर्वाचित भएका जाे वाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन्। निर्वाचन आयोगका अनुसार कुल २७० इलेक्टोरल मत प्राप्त गरेमा विजयी हुनेछन्।

आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको माग अनुसार मतगणना गरेपनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ।

ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए।

उनले निर्वाचनमा धाँधली भएकाले बाइडेनले जितेको भन्दै आफ्नो दावीबाट आफू पछाडि नहटेको उल्लेख गरेका छन्। 

गत शुक्रवार पनि निर्वाचन आयोगका अधिकारीहरूले अमेरिकी इतिहासमै सुरक्षित निर्वाचन भएको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको बताएका थिए।

 

प्रकाशित मिति: : 2020-11-18 07:47:00

प्रतिकृया दिनुहोस्