बाँकेका ५८ वर्षीय काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका ५ घर भएका ति पुरुषणकाे मंगलबार अपराह्न साढे ४ बजे भेरी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि बिहान नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा भर्ना भएका थिए।
निमोनिया भएका उनलाई मंगलबार थप उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।