पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

वीरगञ्ज महानगरपालिका १५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको नेशनल मेडिकल कलेजले नगवास्थित बाबा होटलमा सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा  मृत्यु भएको हो।

ढाड दुख्ने र श्वास प्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि आइतबार बेलुका नारायणी अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारका क्रममा कोरोनाको आशंकामा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपाेर्ट पाेजिटिभ आएकाे थियाे। 

संक्रमण पुष्टि भएपछि ती महिलालाई आइतबार राति भर्ना गरिएको थियो। आइसीयुमा राखेर उपचार गर्ने क्रममै उनको सोमबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ। 

योसँगै पर्सा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ। 

प्रकाशित मिति: : 2020-11-17 13:37:00

प्रतिकृया दिनुहोस्