ग्रीसमा विद्यालय बन्द

अस्पतालमा कोभिड–१९ सङ्क्रमित विरामीको भीड लाग्न थालेपछि सङ्क्रमण नियन्त्रणका लागि ग्रीसले शनिबार यहाँका सबै प्राथमिक, पूर्वप्राथमिक तथा ‘डेकेयर सेन्टर’ सबैलाई बन्द गर्ने घोषणा गरेको छ ।

‘ग्रीक सरकारले विद्यालयहरूलाई आगामी नोभेम्बर ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ,’ सरकारका स्वास्थ्यमन्त्री वासिलिस किकिलियसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले भने, ‘आधारभूत विद्यालय बन्द गर्ने कुरा नियन्त्रणको अन्तिम उपाय बनाउने हाम्रो इच्छा छ । अहिलेको गम्भीर अवस्थालाई नियन्त्रणमा लिन विद्यालय बन्द गर्नु एक सान्दर्भिक विकल्प देखियो ।’

केन्द्र सरकारले घोषणा गर्नुपूर्व नै स्थानीय पहलमा अधिकांश विद्यालय सोमबार देखि नै बन्द रहेका छन् ।

यूरोपका अधिकांश विद्यालयहरूले दोस्रो लहरको सङ्क्रमणका समय पनि विद्यालय खोलिरहेका र कतिपयले दूर शिक्षा प्रणालीको सहायतामा कक्षाहरू सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित मिति: : 2020-11-14 21:20:00

प्रतिकृया दिनुहोस्