इंग्ल्यान्डको फराकिलाे जित

इंग्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आयरल्यान्डमाथि फराकिलाे जित हात पारेको छ। 

घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्यान्डमाथि ३–० को सहज जित हात पारेको हो।

इंग्ल्यान्डको सहज जितमा ह्यारी मिगुएर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरे। 

१८औँ मिनेटमा ह्यारी विङ्सको पासमा ह्यारी मिगुएरले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। ३१औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे। 

५६औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे। साइरस क्रिस्टिले पेनाल्टी बक्समा बुकायो साकालाई लडाएपछिको पेनाल्टीमा दिइएकाे थियाे।

प्रकाशित मिति: : 2020-11-13 06:58:00

प्रतिकृया दिनुहोस्