कतार विश्वकप–२०२२ छनोटअन्तर्गत नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलहरु जुन महिनाभित्र सम्पन्न गरिने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)को प्रतियोगिता समितिको भर्चुअल बैठकले बाँकी खेलहरु सन २०२१ को जुन १५ सम्म सकिने जनाएको हो।
यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
छनोटअन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले बताएको छ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटका लागि नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ।
समूह बीमा रहेकाे नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी रहेको छ।
नेपाल अंकतालिकाको चौथो स्थानमा रहेको छ।
समूह बीमा आफूले खेलेका ४ वटै खेल जित्दै अस्ट्रेलिया १२ अंकसहितको पहिलो स्थानमा छ।
नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको थियो। नेपाल कुवेतसँग १–०, जोर्डनसँग ३–०, अस्ट्रेलियासँग ५–० र कुवेतसँग ५–० ले हारेको थियो।